TodayPati

तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर : जनकपुर प्रादेशिक अस्पताल

टुडेपाटी-
जनकपुरधाम, वैशाख २९ गते ।

प्रादेशिक अस्पताल जनकपुरले अस्पतालमा तोडफोड कर्मचारीमाथि हातपात गर्नेहरुलाई कडा कारबाहीको माग गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर तोडफोड र वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको हो ।

Sponsored

विश्वव्यापी महामारीको विषम परिस्थितिमा अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुमाथि हातपात गरेको भन्दै अस्पतालले घटनाको भत्र्सना गर्दै कारबाहीको माग गरेको छ ।

कोभिड–१९ विशेष अस्पतालमा डाक्टरसँग सल्लाह नै नगरी सोझै बिरामीलाई भेन्टिलेटरमा राखेर नयाँ बिरामीका कुरुवा र अन्य अज्ञात व्यक्तिले होहल्ला गरी स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।

अस्पतालले आईसीयूमा तीनवटा नयाँ जडान भएका भेन्टिलेटर मेसिनलगायत अन्य उपकरण तोडफोड भएकाले क्षतिपूर्तिको सोधभर्ना गराउन समेत माग गरको छ ।

Sponsored

मंगलबार साँझ साढे ५ बजेको समयमा कोभिड अस्पताल जनकपुरको प्रांगणमा जलेश्वर अस्पतालबाट रेफर गरिएका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोको मृत्यु भएको थियो ।

अस्पतालले समयमै भर्ना नलिँदा मृत्यु भएको भन्दै उनका दुईछोरासहित आफन्तले तोडफोड गरेका थिए । सोहि क्रममा हातहालाहाल समेत भएको थियो । घटना पश्चात मृतकका छोरा वर्ष ३४ का मनोज महतो र २७ का पप्पु महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *