TodayPati

ओलीसँग तीन घण्टा छलफल गरेर ठाकुर र महतो पुगे सितल निवास

टुडेपाटी-
काठमाडौं, वैशाख २९ गते ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

ठाकुर र महतोले मध्यान्ह बालुवाटारमा अोलीसंग झण्डै तीन घण्टा छलफल गरेका हुन् ।

Sponsored

छलफल पश्चात् ठाकुर र महतो राष्ट्रपति निवास शीतलनिवास पुगेका छन्

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेको जसपाका एक नेताले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ ।

Sponsored

यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने महतो र ठाकुरले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *