TodayPati

गंगा नदी किनारमा ७१ वटा वेवारिसे लास, स्थानीय त्रसित

एजेन्सी-
जनकपुरधाम, वैशाख २९ गते ।

पछिल्ला केही भारतको उत्तर प्रदेश र बिहारको गंगा नदी किनारमा वेवारिसे लासहरु फेला पर्न थालेको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ वटा लास भेटिएको छ ।

कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी लास भेटिएको थियो । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरु बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ ।

Sponsored

ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने अहिलेसम्म खुलेको छैन । वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् ।

कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।

बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो ।

Sponsored

मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याक्नुलाई दुर्भाग्यपूर्ण भन्दै गंगाको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *