TodayPati

देशभरका सबै अदालत चैत २२ गतेसम्मका लागि बन्द

टुडेपाटी-
काठमाडौं, चैत ७ गते ।

कोरोना भाइरसका कारण देशभरका अदालत बन्द गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको ‘फुल कोर्ट’ बैठकले चैत २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

कोरोना भाइरसको जोखिम रहने भन्दै वकिलहरुले सुनुवाइ रोक्न आग्रह गरेका थिए ।

नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पत्र लेखेर सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालतको कारवाही रोकिने छैन । यस अघि संसद बैठक समेत स्थगित भइसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *