TodayPati

साउदीमा २ साताका लागि सार्वजनिक यातायात बन्द

टुडेपाटी-
काठमाडौं, चैत ७ गते

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण साउदी अरेबियाले भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ ।

साउदी अरेबियाले शनिबारबाट लागू हुने गरी आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेहो ।

Sponsored

यसअघि नै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडानमा १५ दिनका लागि रोक लगाइसकेको छ ।

साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “साउदीमा २ साताका लागि सार्वजनिक यातायात बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *