सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो
टुडेपाटी-
काठमाडौंं, वैशाख २२ गते ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले बुधबार समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएका छन् । प्रमुख सचेतक देव गुरुङले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन् ।
मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिन राष्ट्रपतिमार्फत प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेको छ ।