TodayPati

यूपीमा पञ्चायत चुनाव गराएपछि गाउँगाउँमा फैलियो कोरोना

टुडेपाटी-

जनकपुरधाम, वैशाख २२ गते ।

​भारतको उत्तर प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित भेटिन थालेका छन् । देशलाई महामारीले गाँजेकै बेला त्यहाँ पञ्चायत चुनाव गराइएको थियो । 

Sponsored

लाखौं नागरिकलाई भोटका लागि मतदान केन्द्रअघि लाइनमा उभ्याइएको थियो । यसअघि कोरोना संक्रमण हुनबाट जोगिएका ग्रामिण क्षेत्रका अधिकांश नागरिकहरू चुनावको बेला भएको हुलमुलमा पर्दा संक्रमित भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

देशका अन्य भाग र कोरोनाको चपेटामा परेका ठूला शहरहरूबाट पनि मानिसहरू मतदान गर्न उत्तर प्रदेशका विभिन्न गाउँमा पुगेका थिए । ती मानिसहरूले कुनै भौतिक दूरी कायम नगरेका यस्तो स्थिति निम्तिएको गाउँ–देहातमा बस्ने मानिसहरूले बताएका छन् ।

मतदान गर्न अन्य शहरबाट आएका मानिसहरू बिरामी पर्ने र ज्यान गुमाउने क्रम बढेको बीबीसी हिन्दीमा खबर छ । 

Sponsored

चुनावमा खटिएका ७०० भन्दा धेरै शिक्षकहरूको कोरोना संक्रमणपश्चात ज्यान गएको त्यहाँको बेसिक शिक्षक संघले जानकारी दिएको छ । यो हताहतीबारे खबर बाहिरिएपछि उत्तर प्रदेशमा कोरोना महामारीले विकराल रूप लिएको थाहा भएको हो । 

उत्तर प्रदेशमा अहिलेसम्म १३ हजार ७९८ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। त्यहाँ अहिले २ लाख ७२ हजार ५६८ जना सक्रिय संक्रमित छन् । मंगलबार एकैदिन त्यहाँ ३५२ जनाको मृत्यु भएको छ । 

शहरमा कति र गाउँमा कति मानिस संक्रमित भएका छन् भन्ने आंकडा त्यहाँका सरकारी अधिकारीहरूसँग नै छैन । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *