TodayPati

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको ज्यान गयो

टुडेपाटी-
वीरगन्ज, वैशाख २२ गते ।

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिका – २ छपकैया बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारको क्रममा नारायणी अस्पतालमा बुधबार बिहान ज्यान गएको हो ।

Sponsored

कोरोनाका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएपछि उनलाई वैशाख १७ गते नारायणी अस्पतालमा भर्ना गरिएर पीसीआर परीक्षण गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड निमोनियका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *