TodayPati

सिरहामा थप कडाइ : सवारीसाधनमा जोरविजोर प्रणाली, बोर्डर सिल

विनय यादव-

सिरहा, वैशाख २२ गते ।

सिरहामा २३ वैशाखदेखि अत्यावश्यक पर्ने खाद्यान्न पसलबाहेक हाटबजार तथा व्यवसाय बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

Sponsored

अत्यावश्यक पसलबाहेक हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान तथा जुलुस र्‍याली अर्को निर्णय नहुञ्जेलसम्म गर्न पाइने छैन । खाद्यान्न, फलफूल, तरकारी तथा निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म तथा औषधि पसल, पानी उद्योग, दूध डेरी र पेट्रोल पम्प भने निर्वाध रूपमा सञ्चालन गर्न पाउने निर्णय डीसीसीएमसीले गरेको छ ।

ती व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गराउनुपर्नेछ । निधो भइसकेका विवाह व्रतबन्धको हकमा भने अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर २५ जनाभन्दा बढी नपुग्ने गरी स्थानीय तहबाट अनुमति लिएर मात्रै गर्न पाउने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए ।

डीसीसीएमसीले सवारीसाधन पनि जोरबिजोर प्रणालीमा मात्रै सञ्चालन हुने पाउने निर्णय गरेको छ । भाडाका यात्रुबाहक, परिचयपत्र धारी कर्मचारीबाहेक निजी सवारीसाधन गते अनुरूप जोरबिजोरमा मात्रै चल्न पाउने निर्णय भएको डिसिसिएमसीले जनाएको छ ।

Sponsored

बैठकले सिमानामा थप कडाइ गर्ने निर्णय पनि गरेको छ । सिमानाका पूर्णरूपमा सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णय डीसीसीएमसीले गरेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *