TodayPati

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने तीनजना पक्राउ

टुडेपाटी-
काठमाडौं, चैत ७ गते ।

पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार ९भिसेक गिरी० र कैलालीका अमृत कुमाल छन् ।

शुक्रबार बिहान प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

Sponsored

उनीहरु सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएका प्रहरीको भनाइ छ ।

प्रहरीले तीनैजनालाई आज पत्रकारसम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

२८ फागुनमा बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

Sponsored

विस्फोटबाट बाँस्कोटाको घरसहित तीनजना छिमेकीको घरमासमेत क्षति पुगेको थियो ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडियो बाहिरेपछि पदबाट राजीनामा दिएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको घोटलामा संलग्न भएको कारण बाँस्कोटाको घरमा बम हान्नु परेको दाबी विप्लव समूहले गरेको छ ।

विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले २८ फागुनमै देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेका प्रहरीले दाबी गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *