महोत्तरीमा आजदेखि ९ दिनका लागि निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइदैन ?
टुडेपाटी-
महोत्तरी, वैशाख २२ गते ।
तिव्र रुपमा फैलिँदै गइरहेको कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा आज (बुधबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ । आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अर्थात ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
महोत्तरी जिल्ला भरि बिहानैदेखि निषेधाज्ञा जारी गरिएकोले अति आवश्यक बाहेक घरबाट ननिस्किन महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।
निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
Sponsored