TodayPati

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु, ११५ जनामा संक्रमण पुष्टि

टुडेपाटी-
पर्सा, वैशाख २१ गते ।

पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए ।

Sponsored

त्यस्तै, वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उनीहरुमध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

यस्तै,  बाराका २४ र रौतहटका ४ जना रहेका छन् । संक्रमितमध्ये ८४ जना पुरुष र ३१ जना महिला छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *