TodayPati

जनकपुरमा कोरोना संदिग्ध बिरामीको उपचार बिनै छटपटिएर मृत्यु, आफन्तले सिँढीमै लास छाडेर हिडे

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

जनकपुरमा एक कोरोना संदिग्ध बिरामीको उपचार अभावमा छटपटिएर मृत्यु भएको छ । पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका बटेश्वर गाउँपालिका ४ ससुरालीमा बस्दै आएका का ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा छटपटिएर मृत्यु भएको हो ।

परियारलाई राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो । त्यहाँबाट जनकपुरको अन्य केहि हस्पिटलहरुमा लगिएको थियो । कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको एम्बुलेन्स चालकले बताए ।

Sponsored

उनको अक्सिजनकै अभावमा मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए ।
जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना नलिएपछि अन्य अस्पतालहरुमा पनि लिएर जाँदा भर्ना नगरेको उनको भनाइ छ । पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि बिरामीका आफन्तले पैसा नभएको भन्दै घर फर्किन भनेको र बजारकै आरपी मेडिकलमा राखेपछि त्यँही मृत्यु भएको एम्बुलेन्स चालक महतोले टुडेपाटीलाई बताए ।

‘उहाँको शरीरमा अक्सिन एक थियो । मैले चेक गर्दा ४५ मात्र थियो । एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लगेका थियौं । प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजीमा पनि लिएर गयौं । कसैले भर्ना गरेन । उनका आफन्तले घर नै फर्किन भन्यो’ एम्बुलेन्स चालकले भने ‘फर्केपछि आरपी मेडिकल हालमा राखिदिन भन्यो । राखदिएँ । म अर्को बिरामी लिएर काठमाडौं हिँडे । बिहान उनको मृत्यु भएको खबर थाहा पाएँ ।’

यता आरपी मेडिकल हलका संचालक सुवोध साहले फर्काएर ल्याएपछि बिहानै बिरामीको मृत्यु भएको बताउँदै अगाडीमा शव राखेर एम्बुलेन्स हिडेको बताए ।

Sponsored

मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ । मृतकका आफन्त समेत शव छाडेर त्यँही छाडेर आफ्नो घर पुगेका छन् । आफन्त समेत छाडेर गएपछि अहिले वेवारिसे अवसस्थामा शव त्यही रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *