TodayPati

जनकपुरका युवक अरुण कान्त बने हिन्दी फिल्म ’गल्ती’ का ‘हिरो’

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

जनकपुरका युवक अरुणकान्त यादव नायकको भूमिका निर्वाह गरेको हिन्दी फिल्म ‘गल्ती’ रिलिज भएको छ ।
म्याक्स प्लेयर कम्पनीले रिलिज गरेको फिल्म ‘गल्ती’मा नायिकाको भूमिकामा अनुष्का श्रीवास्तवले गरेकी छन् ।

डाइरेक्टर बासु प्रसाद साहुले डाइरेक्सन गरेको फिल्म ‘गल्ती’मा नायक यादव, नायिका श्रीवास्तवको अलाबा मुख्य कलाकारको भूमिकामा मोहन महतो, अशोक बेनिवाल, सकिला मस्जिद, लक्की साहु र अल्लाह खान लगायत छन् ।

Sponsored

आर्ट प्रोडक्सन एण्ड ओम आर्ट इन्टरटेनमेन्ट कम्पनीको लगानीमा निर्मित फिल्म ’गल्ती’ लेखक एबी मोहन हुन् ।

व्याकग्राउण्ड म्युजिक रञ्जित मण्डलले दिएको सो फिल्मको म्युजिक डाइरेक्टर पियुस आर्या, सम्पादन शिव थारु, प्रोडक्टर मोहन महतोले गरेका छन् । सो फिल्मको गीतमा सहिद माल्या र प्रज्ञा पात्राले स्वर दिएका छन् ।

फिल्मका नायक यादवले यो आफ्नो पहिलो फिल्मले दर्शकको मन जित्न सक्ने विश्वास व्यक्त गर्दै उनले अन्य थुप्रै हिन्दी फिल्ममा समेत आफू प्रमुख कलाकारको भूमिकामा आउने सम्भावना रहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *