TodayPati

धनुषामा आज बिहानैदेखि १० दिनका लागि निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ?

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिले मंगलबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जनकपुरधाम लगायत धनुषा जिल्ला भरि निषेधाज्ञा लागु गरेको हो ।

Sponsored

गएको आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग एन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधि भित्र अति आवश्यक बाहकेक घरबाट नस्किन प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञामा के गर्न पाइन्छ , के गर्न पाइँदैन ?

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *