TodayPati

निर्भयाका चारै बलात्कारीलाई फाँसी दिइयो

दिल्ली, चैत ७ गते ।

बहुचर्चित निर्भया सामूहिक बलात्कार काण्डका ४ दोषीलाई भारतमा मृत्युदण्ड दिइएको छ ।

सामूहिक बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाइ दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान ५ः३० बजे मृत्युदण्ड दिइएको हो ।

Sponsored

यसअघि अदालतले फाँसी दिन दिएको आदेशविरुद्ध एक अभियुक्तले त्यहाँको सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्चले आममाफी दिन नसकिने फैसला गरेसँगै चारै जनालाई मृत्यु दण्ड दिइएको हो ।

निर्भयाको बलात्कार र हत्या मामिलामा उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो।

तर उनीहरूले सजाय रोक्न माथिल्लो अदालतदेखि राष्ट्रपतिसम्म गुहार्ने गरेपछि सजाय टर्दै आएको थियो।

Sponsored

घटनामा संलग्न भनिएका अर्का एक दोषी राम सिंहको मुद्दाकै क्रममा सन् २०१५ मा मृत्यु भइसकेको छ। त्यतिबेला उनले जेलमा आत्महत्या गरेको बताइएको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *