TodayPati

पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

टुडेपाटी-
जनकपुरधाम, वैशाख १७ गते ।

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।
अध्यक्ष कुशावाहाको ८५ वर्षको उमेरमा बिहीबार राति २ बजे निधन भएको गाउँपालिका उपाध्यक्ष राजेश चौरियाले टुडेपाटीलाई जानकारी दिए ।

उनका अनुसार शारीरिक रुपमा स्वस्थ्य अध्यक्ष कुशावा दुईदिन अघि अचानक मुर्छित भएका थिए । उपचारकै क्रममा राति उनको निधन भएको जानकारी आफुले पाएको उपाध्यक्ष चारसियाले बताए ।

Sponsored

कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी निवासी कुशवाहा २०७४ को स्थानीय चाुनवामा गाउँपालिका अध्यक्षमा स्वतन्त्र (चक्का छाप) बाट विजयी निर्वाचित भएका थिए । संघीय समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदबार दिनेश कल्बारलाई ६० भोटले पराजित गर्दै कुशवाहा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

लोकप्रिय स्थानीय नेता भएकै कारण कुशावहा साविक भेडिहारी गाविसमा दुईपटक गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए । उनी युवाकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनको मृत्युले गाउँपालिका शोकमा डुबेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *