TodayPati

प्रदेश २ मा बिहीबार २५९ जनामा कोरोना पुष्टि, पर्सामा १४१ र धनुषामा ४६ जना

टुडेपाटी-
जनकपुरधाम, वैशाख १६ गते ।

प्रदेश २ मा बिहीबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी पर्सामा १४१ जना छन् ।

यस्तै धनुषामा ४६ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

Sponsored

त्यसै गरी बारा २३ जना, रौतहट १७ जना, महोत्तरी १५ जना, सिरहा ७ जना, सर्लाही ६ जना र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका बरिष्ट चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज संक्रण पुष्टि भएका मध्ये १८५ जना पुरुष र ७४ जना महिला छन् । योसंगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ७९८ पुगेको मन्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *