TodayPati

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, वैशाख १६ गते ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको हो ।

Sponsored

वैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएका उनको उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो ।

अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था जटिल रहेको संक्रमितको उपचारमा संलग्न डा. उदयनारायण सिंहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *