TodayPati

पर्सामा थप १४० जनामा कोरोना संक्रमण

टुडेपाटी-
वीरगन्ज, वैशाख १६ गते ।

पर्सामा थप १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार राति अस्पतालको प्रयोगशालामा २ सय ८८ जनाको स्वाब परीक्षण गर्दा १ सय ६९ जनामा कोरोना पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।

संक्रमण देखिनेमा सबै भन्दा बढी पर्सा जिल्लाका १ सय ४० जना रहेको उनले बताए । यस्तै बाराका २४ जना, रौतहटका २, सर्लाही र दैलेखका एक–एक जनामा संक्रमण देखिएको दासले बताए ।

Sponsored

बुधबारसम्म कुल १ सय ३३ जना संक्रमितहरु अस्पतालमा उपचारको लागि भर्ना भएकोमा ४१ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् ।

अहिले ४३ जनाको उपचार भइरहेको छ । अस्पतालमा ९० बेडको कोरोना वार्डमा ४७ वटा बेड खाली रहेको नारायणी अस्पतालले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *