निषेधाज्ञामा पेट्रोल पम्प खुलै रहने
टुडेपाटी-
जनकपुरधाम, वैशाख १६ गते ।
नेपाल आयल निगमले निषेधाज्ञाको समयमा पनि उपत्यकाका पेट्रोल पम्प खुलै रहने जनाएको छ ।
बुधबार सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने स्पष्ट पारेको छ ।
उपत्यकाका तीनै जिल्लामा आज बिहीबार बिहानैदेखि १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ । यस्तै निषेधाज्ञाको समयमा पनि एम्बुलेन्स, सुरक्षा, प्रेस, पानी, खाद्यान्न लगायतका अत्यावश्यक सावारी साधन सञ्चालन हुनेछन् ।