TodayPati

भारतमा कोरोना कहर : २४ घण्टामा ३ लाख ६० हजार नयाँ संक्रमित थपिए, ३२९३ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, वैशाख १५ गते ।

कोरोनाको हटस्पट भारतमा गएको २४ घण्टामा ३ लाख ६० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधिमा त्यहाँ ३ हजार २९३ जनाको मृत्यु भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Sponsored

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७९ लाख पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।

कोरोनाबाट २ लाखभन्दा बढीको मृत्यु हुने भारत चौथो राष्ट्र बनेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *