TodayPati

वीरगन्जमा सर्लाही र बाराका दुईजना कोरोना संक्रमितको मृत्यु

टुडेपाटी-
वीरगन्ज, वैशाख १५ गते ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिला छन् ।

अस्पतालका अनुसार धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीयको गएराति १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

Sponsored

पुरुषलाई मंगलबार मात्रै अस्पतालमा भर्ना गरेपछि स्वाब परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ अाएको थियो ।

यस्तै बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको छ ।
दुई दिन अघि नारायणी अस्पतालमा भर्ना भएकी ती महिलाको सोमबार स्वाब रिपोर्ट पोजेटिभ अाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *