कोरोनाको दोश्रो लहर : वीरगञ्जमा १७ जना संक्रमितको मृत्यु, अवस्था भयावह
टुडेपाटी-
वीरगञ्ज, वैशाख १४ गते ।
वीरगञ्जको नारायणी अस्पतालमा थप एकजना कोराना संक्रमित पुरुषको मृत्यु भएको छ । यो सँगै नारायणी अस्पतालमा मंगलबार मात्रै तीन जना संक्रमितको मृत्यु भएको छ ।
बारा परवानीपुरका ४५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए ।
ती पुरुषको उपचारको क्रममा मंगलबार बिहान पौने १२ बजे अस्पतालमै मृत्यु भएको उनले बताए । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता वीरगञ्जको नारायणी अस्पतालमा कोभिड–१९ संक्रमणबाट अहिलेसम्म १७ जनाको मत्यु् भएको छ ।
गत चैत ३० गते कोरोना पुष्टि भएका ती पुरुषमा निमोनिया देखिएपछि उपचारको लागि वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि आजै नारायणी अस्पतालमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया वृद्धा गरी दुईजना महिलाको मृत्यु भएको हो ।
Sponsored