TodayPati

कोरोना संक्रमणबाट नारायणी अस्पतालमा एकैदिन २ महिलाको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, वैशाख १४ गते ।

वीरगञ्जको नारायाणी अस्पतालमा मंगलबार थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुईजना महिलाको मृत्यु भएको हो ।

बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

Sponsored

सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो । कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या थियो ।

वीरगञ्जकी महिलालाई वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजिन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

अस्पतालमा ५७ जना संक्रमित रहेकोमा ५ जना डिस्चार्ज पनि भएका छन् । बाँकी ४८ जनाको अवस्था क्रिटिकल नै रहेको डाक्टर दासको भनाइ छ ।

Sponsored

  कोरोनाको दोश्रो लहर सुरु भएयता संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *