रौतहटमा कोरोना संक्रमित वृद्धको मृत्यु
टुडेपाटी-
रौतहट, वैशाख १४ गते ।
रौतहटमा कोरोनाबाट एक वृद्धको मृत्यु भएको छ ।
गौर नगरपालिका–२ महादेवपट्टीका ७० वर्षीय वृद्धको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको हो ।
दमका दीर्घरोगी रहेका ती वृद्धलाई तीन दिन अघि संक्रमण पुष्टि भएको थियो ।
घरमै उपचार गराइरहेका उनको स्वस्थ्य अवस्था गम्भीर भएपछि उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा गएराति मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
Sponsored