देशको ९ जिल्लामा लकडाउन गर्ने सरकारको निर्णय
टुडेपाटी-
जनकपुरधाम, वैशाख १४ गते ।
कोरोना संक्रमण फैलिएपछि सरकारले देशका ९ जिल्लामा १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।
बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै लकडाउन भइसकेको छ ।
यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ । बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लकडाउन गर्ने सरकारको निर्णय छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।