TodayPati

कोरोना कोहरामबीच भारतमा अक्सिजन हाहाकार : संक्रमित पतिलाई दिइन् आफ्नै श्वास तर बचाउन सकिनन् !

टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।


भारत अहिले विश्वमै कोरोना महामारीबाट सबैभन्दा बढी पीडित बनेको छ । त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला डमाडोल हुने अवस्थामा पुगेको छ ।

देशभर अक्सिजन सिलिन्डर नभएर हाहाकार मच्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन् । मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बाध्य छन् । अस्पताल पुगे पनि बेड नपाउँदा संक्रमित मर्न बाध्य भइरहेका छन् ।

सामाजिक सञ्जालमा त्यहाँका भयावह तस्बिर तथा भिडिओ भाइरल भइरहेका छन् ।

Sponsored

यसै क्रममा एउटा यस्तो हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी छन् ।

यो तस्बिर ट्विटर प्रयोगकर्ता @Samar Raj ले सेयर गरेका हुन् ।

क्याम्पसनमा उनले लेखेका छन्, ‘छुँदा पनि फैलिने रोगमा सासबाट सास दिने हिम्मत गर्नु मुर्खता त हो तर प्रेम विवश र लाचार छ, आफ्नालाई बचाउने अन्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्यानको पर्वाह नै कहाँ हुन्छ र !’

Sponsored

यो समाचार तयार पार्दासम्म त्यो तस्बिरलाई ७ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भने १९ सयभन्दा रिट्विट गरिएको छ । धेरै जना दुःखी भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यी महिलाले आफ्ना बिरामी पतिलाई अटोमा लिएर आगराको एसएन मेडिकल कलेज पुर्‍याएकी थिइन् । पतिलाई सास फेर्न कठिन भएपछि उनले आफ्नो मुखले नै सास दिने प्रयास गरेकी हुन् । तर लाख प्रयास गर्दा पनि उनले पतिलाई बचाउन सकिनन् । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *