जनकपुरका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु
टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।
जनकपुरका कोरोना संक्रमित एक पुरुषको धरानमा मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुष छन् ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख १० गते उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।