TodayPati

बिहीबार रातिदेखि उपत्यकामा एक साता निषेधाज्ञा लागू गर्ने निर्णय

टुडेपाटी-
काठमाडौं, वैशाख १३ गते ।

नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिने निर्णय भएको हो ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

Sponsored

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *