TodayPati

जनकपुरमा सुविधासम्पन्न ‘होटेल सिटी पार्क’ संचालनमा, यस्तो छ ‘फ्यासिलिटी’

टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।

जनकपुरमा सुविधासम्पन्न होटेल सिटी पार्क संचालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरी थापाचोक नजिक १५ करोडको लागतमा निर्माण भएको होटेल सिटी पार्क संचालनमा आएको हो ।

जनकपुरका अन्य होटेलहरुको तुल्नामा खान, बस्न, कार्यक्रम गर्ने राम्रो सुविधा रहेको होटल संचालक समिर ढुंगेलले बताए ।

Sponsored

होटलमा ३० वटा बेडरुम रहेको छ । बेडरुम डिलक्स रुम, एक्जुट रुम र स्वीट गरी तीन केटोगोरीको छ । प्रत्येक बेडरुममा एटेच बाथरुम छ भने एसी जडान गरिएको छ । एउटा बेडरुमको शुल्क प्रतिदिनको साढे ४ हजारदेखि ९ हजार रुपैयाँसम्म रहेको संचालक ढुंगेलको बताए ।

This image has an empty alt attribute; its file name is hotel-city-park-10.jpg

त्यस्तै खानामा मैथिली, थकाली, फ्रेन्च, इटिली, चाइनिजको व्यवस्था छ । संचालक ढुंगेलका अनुसार स्टार होटेलहरुमा काम गरेका विशेष अनुभवी कुकम्यानहरुद्वारा स्वादिष्ट खाना तयार गरिन्छ ।

यस्तै होटेलमा आकर्षक रिसेप्सन, ६५ जना आट्ने कन्फ्रेन्स हाल, १६ जना र २६ जना सहभागि हुन सक्ने मिटिंग रुमको व्यवस्था छ । हलको दैनिक शुल्क १५ हजार रुपैयाँ रहेको संचालक ढुंगेलले बताए ।

Sponsored

उनका अनुसार होटेलमा बेडरुम लिएर बस्नेलाई निःशुल्क खाजा, कफी, पानी र गाडी पार्किंगको व्यवस्था रहेको छ ।

सिटी पार्क होटेलमा फोरस्टर होटेलसम्मको ‘फ्यासिलिटी’ रहेको संचालक ढुंगेलको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *