काठमाडौं उपत्यकामा १६ गतेदेखि लकडाउन गर्ने तयारी
टुडेपाटी-
काठमाडौं, वैशाख १३ गते ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ ।
सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा लगाउने विषयमा छलफल गरेका हुन् ।
सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।
संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
तीन दिन समय दिएर निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको तर, निर्णय गर्न बाँकी रहेको बताए ।
Sponsored