सरकारको निर्णय विपरीत स्कुल संचालन गर्ने राजविराजका ११ प्रिन्सीपल पक्राउ
टुडेपाटी-
जनकपुरधाम, वैशाख १३ गते ।
सरकारको निर्णय विपरीत विद्यालय सञ्चालन गर्ने सप्तरी राजविराजका ११ वटा निजी विद्यालयका प्रिन्सीपल पक्राउ परेका छन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ प्रिन्सीपल पक्राउ परेका हुन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फण्रिन्द्रमणी पोखरेलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमणको क्रममा संचालनमा रहेको विद्यालयका प्रिन्सीपललाई पक्राउ गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले टुडेपाटीलाई जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डीएसपी काफ्लेका अनुसार पक्राउ पर्नेहरुको नामावली यस प्रकार छन् –
Sponsored
१.जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा न.८ घर भई लक्ष्मी ईंकलिस बोडिं स्कुलका संचालक बर्ष ३८ को राजेश कुमार यादव
२.जिल्ला सप्तरी राजबिराज न.पा.८ बस्ने ऐ.ऐ. स्कुलका संचालक बैधनाथ कुमार झा
३.ऐ.ऐ. बस्ने ऐ. स्कुलका संचालक बुलन्द साह
४.जिल्ला सप्तरी राजबिराज न.पा.५ बस्ने ह्यापी ल्याण्ड मा.बि.का संचालक शैलेन्द्र कुमार ठाकुर .
५.ऐ.ऐ. बस्ने जानकी सेकेन्डरी स्कुलका शिक्षक हरी किसुन राम
६.ऐ.ऐ. बस्ने एन्जल बोडिङ स्कुलका संचालक नरेन्द्र प्रसाद देव
७.ऐ. वडा न.०२ बस्ने पिस जोन स्कुलका संचालक उमाकान्त साह.
८.ऐ.वडा न.०१ बस्ने सृजना सेकेन्डरी बोडिङ स्कुलका शिक्षक रिमा झा .
९.ऐ. वडा न.०२ बस्ने लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव.
१०.ऐ. वडा न.०१ बस्ने ग्रिन ईंगलिस बोडिङ स्कुलका शिक्षक मनोज यादव.
११. ऐ. बिष्णुपुर गा.पा.वडा न.०६ बस्ने सिपस बोडिङ स्कुलका संचालक नरेश साह.