TodayPati

प्रदेश २ मा शनिबार १३१ जनामा कोरोना पुष्टि, एक संक्रमित पुरुषको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।

शनिबार प्रदेश २ मा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी पर्सामा ६६ जना र रौतहटमा ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै धनुषामा १६ जना, बारामा १२ जना, महोत्तरीमा ४ र सिरहा १ जनामा संक्रमित फेला परेको हो । जसमा ९० जना पुरुष र ४१ जना महिला छन् ।

Sponsored

यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ६ पुगेको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेश २ मा शनिबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार वीरगञ्ज महानगरपालिका १३ राधेमाई टोल घर भएका ५३ वर्षको पुरुषको उपचारको क्रममा वीरगञ्जको गण्डक अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको हो ।

Sponsored

ती पुरुषलाई निमोनिया हुँदा स्वाव परिक्षण गराएपछि वैशाख ६ गते कोरोना पुष्टि भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *