प्रदेश २ मा कोरोना महामारी नियन्त्रण प्रक्रिया प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन
टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलिय संयन्त्र गठन गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले आज विहान आफनै निवास परिसरमा सर्वदलिय बैठक आयोजना गरि सरकारले हाल सम्म चालेको कदमहरु बारे जानकारी गराउदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गर्नु भएको हो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलिय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहनु भएको छ ।
त्यसै गरि बैठकले २५ जना भन्दा बढी सहभागी हुने, साँस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णय समेत गरेको छ ।