TodayPati

कोरोनाबाट ८ हजार बढीको मृत्यु, सङ्‌क्रमितको सङ्ख्या दुई लाख नाघ्यो, कुन देशमा कति ?

टुडेपाटी
काठमाडौँ, चैत ६ गते ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) सङ्‌क्रमितको सङ्ख्या २ लाख नाघेको छ। पछिल्लो तथ्याङ्‌क अनुसार बुधबार दिउँसोसम्म विश्वका १ सय ६७ देश तथा भूभागमा कोरोना भाइरसबाट सङ्‌क्रमितको सङ्ख्या २ लाख ९९ पुगेको छ। यीमध्ये ८ हजार १० जनाको मृत्यु भइसकेको छ।

विश्वका विभिन्न देशमा रहेका कूल सङ्‌क्रमितमध्ये ८२ हजार ८ सय १३ जना उपचारपश्चात् निको भई घर फर्केका छन्। अहिले विश्वमा १ लाख ९ हजार २ सय ७६ कोरोना भाइरसका सङ्‌क्रमित उपचाररत छन्, जसमध्ये ६ हजार ४ सय १८ को अवस्था गम्भीर रहेको जनाइएको छ।

Sponsored

सन् २०१९ डिसेम्बर अन्तिम साता कोरोना भाइरस पहिलो पटक चीनको हुबेई प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलने क्रम जारी छ। पछिल्लो समय चीनमा कोरोनाका बिरामी उल्लेख्य मात्रामा घटे पनि खाडी, युरोप र अमेरिकामा सङ्‌क्रमितको सङ्ख्या तीव्र रूपमा बढेको छ।

चीनमा सङ्‌क्रमितको सङ्ख्या ८० हजार ८ सय ९४ पुगेको छ। यीमध्ये ३ हजार २ सय ३७ जनाको मृत्यु भएको छ। इटालीमा ३१ हजार ५ सय ७ कोरोना सङ्‌क्रमितमध्ये २ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ। इरानमा कोरोना भाइरसको सङ्‌क्रमित १६ हजार १ सय ६९ रहेकोमा ९ सय ८८ जनाको मृत्यु भएको छ।

स्पेनमा ११ हजार ८ सय २८ कोरोना सङ्‌क्रमितमध्ये ५ सय ३३ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा ९ हजार ८ सय ७७ सङ्‌क्रमितमध्ये २६, दक्षिण कोरियामा ८ हजार ४ सय १३ सङ्‌क्रमितमध्ये ८४, फ्रान्समा ७ हजार ७ सय ३० सङ्‌क्रमितमध्ये १ सय ७५ र अमेरिकामा ६ हजार ५ सय २४ सङ्‌क्रमितमध्ये १ सय १६ जनाको मृत्यु भइसकेको छ।

Sponsored

चीनमा अहिले ८ हजार ४३ जना, इटालीमा २६ हजार ६२ जना, इरानमा ९ हजार ७ सय ९२ जना, स्पेनमा १० हजार २ सय ६५ जना, जर्मनीमा ९ हजार ७ सय ८० जना, दक्षिण कोरियामा ६ हजार ७ सय ८९ जना, फ्रान्समा ६ हजार ९ सय ५३ जना र अमेरिकामा ६ हजार ३ सय २ जना कोरोना भाइरसका सङ्‌क्रमित उपचाररत छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *