कोरोनाको नयाँ भेरिएन्ट बच्चाका लागि पनि खतरनाक, भारतमा गर्भमै संक्रमित भयो शिशु
एजेन्सी-
जनकपुरधाम, वैशाख ११ गते।
भारतमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट बी.१.१.७ र बी.१.६१७ शिशुका लागि समेत खतरनाक साबित भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कोरोनाको यो नयाँ स्ट्रेन ससाना बच्चामा समेत तेज गतिमा फैलिरहेको छ।
हालै महाराष्ट्र राज्इको धुलिया जिल्लामा २ दिनको शिशुमा समेत कोरोना संक्रमण देखिएको हो। ती शिशु अहिले अस्पतालमा जीवन–मरणको दोसाँधमा छन्।
बालरोग विशेषज्ञ डाक्टर अभिनव दरवडेले दिएको जानकारीअनुसार ती शिशु गर्भमै कोरोनाबाट संक्रमित भएका हुन्। उनको उपचार अहिले नर्सिङ चिल्ड्रेन अस्पतालमा भइरहेको छ।
Sponsored