TodayPati

कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तयारी गर्न प्रदेश २ सरकारको निर्देशन

टुडेपाटी-
जनकपुरधाम, वैशाख १० गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछिल्लो समयमा भयावह रुप लिँदै गएको कोरोना महामारी नियन्त्रणका लागि आवश्यक तैयारी गर्न सरोकारबला निकायहरुलाई निर्देशन दिनु भएको छ ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशका सबै निकायहरुलाई आ–आफनो क्षेत्रको तैयारीमा कुनै कमी नराख्न निर्देशन दिनु भएको हो ।

Sponsored

बैठकले आठवटै जिल्लामा रहेको पिसिआर ल्याबका लागी आवश्यक सामग्री तथा थप जनशक्तिको विवरण तैयार गर्ने जिम्मेवारी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुखले गर्ने जिल्लाहरुमा आवश्यक जनशक्ति तथा सामग्रीहरुको विवरण आन्तरिक मन्त्रालयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिहरु बाट संकलन गर्ने । प्रादेशिक अस्पताल स्थित नर्सिङ्ग कलेजलाई पुनः कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

त्यसै गरि बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ । बैठकले महामारी नियन्त्रणका लागि प्रमुख सचिवको नेतृत्वमा सबै मन्त्रालयका सचिव र सुरक्षा निकायहरुका प्रमुख रहने गरि संयोजन कमिटी र आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोद कुमार यादवको नेतृत्वमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार डा. विनोद यादव, प्रादेशिक अस्पतालका मेसु डा. प्रमोद यादव र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण मिश्र सदस्य रहने प्राविधिक समिति समेत गठन गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *