TodayPati

प्रदेश २ मा शुक्रबार थपियो १२९ कोरोना संक्रमित

टुडेपाटी-
जनकपुरधाम, वैशाख १० गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ सय २० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ३१, गजेन्द्र नरायण सिंह सगरमाथा अस्प्ताल राजविराजमा ६, गौर अस्पताल रौतहटमा १४ र नरायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा पिसिआर र एन्टिेजन विधिबाट गरिएको परिक्षणमा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

Sponsored

उनका अनुसार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साका ५८ जना रहेका छन् ।
संक्रमितमध्ये त्यसैगरि बाराका १७, धनुषाका २३, रौतटका १२, सर्लाहीका ३, सप्तरीका ५ र महोत्तरीका ७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या २ सय १६ पुगेको पुगेको छ ।

हालसम्म सप्तरिमा ४१, सिरहामा २५, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १०, बारामा २५ र पर्सामा ५६ जना रहेका छन् ।

योसंगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ८ सय ७५ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *