प्रदेश २ मा बिहीबार १३३ कोरोना संक्रमित फेला, दुईजना बालक पनि
टुडेपाटी-
जनकपुरधाम, वैशाख ९ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३३ कोरोना संक्रमित फेला परेका छन् ।
सबभन्दा बढी पर्सामा ७९ जना र धनुषामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार महोत्तरीमा ९ जना, बारामा ७ जना, रौतहट र सिरहा २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
भेटिएका संक्रमित मध्ये वीरगञ्जका दुईजना बालक पनि छन् । वीरगञ्जका एक ४ वर्षीय र १२ वर्षीय बालक रहेको निर्देशनालयले जनाएको छ ।
जस मध्ये ३८ महिला र ९८ जना पुरुष छन् । यो संगै प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ७५९ पुगेको छ ।
Sponsored