TodayPati

काँग्रेसको प्रस्ताव : प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’

टुडेपाटी-
जनकपुरधाम, वैशाख ९ गते ।

नेपाली काँग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार काँगेसको तर्फबाट राजधानी जनकपुरधाम हनुपर्ने प्रस्ताव काँग्रेस प्रमुख सचेतक उपेन्द्र कुशवाहा र नाम ‘मिथिला भोजपुरा’ हुनुपर्ने प्रस्ताव शिवचन्द्र चौधरीले दर्ता गराएका हुन् ।

पहिलो पटक ४ चैत २०७६ मा सदनमा लगेको नाम र स्थायी राजधानी टुंगो लागाउने प्रस्तावमामा पनि काँग्रेसले राजधानी जनकपुरधाम र नाम मिथिला भोजपुरा हुनुपर्ने प्रस्ताव पुनः दर्ता गराएको थियो । पहिलेकै प्रस्ताव दर्ता गराएको काँग्रेस प्रमुख सचेतक कुशवाहाले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

तीनवर्षमा मेत प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन नसकेको भन्दै सरकारको ब्यापक आलोचना हुँदै आएको छ । पहिलो पटक चैत ४ गते भएको नाम र राजधानी टुंगो लगाउने प्रस्तावको चुनावमा कसैको दुईतिहाई बहुमत नपुग्दा प्रस्ताव फेल भएको थियो । दोश्रोपटकमा गत वैशाख ३ गतेदेखि ९ गते दिउँसो ३ बजेसम्मको लागि प्रदेशसभा सचिवालयले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो ।

यसअघि बैशाख ५ गते सत्तारुढ जनता समाजवादी पार्टी र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुनुपर्ने प्रस्ताव छुट्टा छुट्टै रुपमा दर्ता गराइसकेका छन् भने नेकपा एमालले नाम ‘जानकी प्रदेश’ र राजधानी जनकपुरधाम लगायतको क्षेत्र हुनुपर्ने प्रस्ताव बुधबार दर्ता गराएको छ ।

नेपालको संवैधानिक व्यवस्था अनुसार प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेशसभामा कुल सांसदको दुईतिहाई बहुमत चाहिन्छ ।

Sponsored

प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरेपछि उ संग अहिले ७ जना सांसद छन् भन् । सत्तारूढ जसपाका ५५, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *