वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु
टुडेपाटी-
वीरगञ्ज, वैशाख ९ गते ।
वीरगञ्जमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गरिएको थियो ।
उनलाई वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको थियो । होम क्वारेन्टिनमा राखिएको भए पनि स्वास्थ्यावस्था बिग्रिँदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको थियो । उपचारकै क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।
यसैसँगै, कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Sponsored