बाँकेमा भोलिदेखि लकडाउन
टुडेपाटी-
बाँके, वैशाख ८ गते ।
दोश्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न बाँके जिल्लामा भोलिदेखि लकडाउनको घोषणा गरेको छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले भोलि बिहीबारदेखि पहिलो चरणमा एक साता लकडाउन गर्ने जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले लकडाउनको निर्णय गरी बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले बताए ।
जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।
Sponsored