TodayPati

प्रदेश २ को नाम ‘जानकी’ र राजधानी ‘जनकपुरधाम’ राख्न एमालेको प्रस्ताव

टुडेपाटी-
जनकपुरधाम, वैशाख ८ गते ।

नेकपा एमालेले प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न प्रस्ताव दर्ता गराएको छ ।
एमालेका संसदीय दलका नेता शत्रुधन महतोले प्रदेशसभा सचिवालयमा बुधबार उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

राजधानी जनकपुर लगायत पूर्वमा कमला नदी, पश्चिममा मध्य परिक्रमा सडक र उत्तरमा पूर्वपश्चिम राजमार्गलाई तोक्न प्रस्ताव दर्ता गराएको दलका नेता महतोले बताए ।

Sponsored

पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको उनले बताए । यसअघि पनि पहिलो पटक भएको प्रदेशको राजधानी र नाममको पस्तावमा नेकपाले राजधानी जनकपुर र नाम जानकी दर्ता गराएको थियो ।

यसअघि सतत्तारूढ जसपा र नेकपा माओवादी केन्द्रले भने प्रदेशको नाम मधेस र राजधानी जनकपुरधामलाई तोक्न अलग–अलग प्रस्ताव दर्ता गराइसकेका छन् ।

प्रदेशसभा गठन भएको साढे तीन वर्ष वितिसक्दा पनि राजधानी र नाम पनि टुंगो लगाउन नसकेको भन्दै सरकारको व्यापक आलोचना भएपछि प्रदेशसभा सचिवालयले वैशाख ९ दिउँसो ३ बजेसम्मको समय दिँदै वैशाख २ मा प्रस्ताव दर्ताको आह्वान गरेको थियो ।

Sponsored

प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत चाहिने कानूनी व्यवस्था छ । तर, राजधानीबाहेक प्रदेशको कुनै नामको प्रस्तावमा दुईतिहाई बहुमत पुग्ने अवस्था छैन । सहमति जुट्न नसके फेरि पनि सबै प्रस्ताव फेल हुने सम्भावना देखिएको छ ।

प्रदेशसभामा कूल १०७ सांसद छन् । जसमध्ये आफ्ना चार सांसदलाई माओवादी केन्द्रले पदमुक्त गरिसकेका छन् । अहिले सत्तारूढ जसपाका ५५, माओवादी केन्द्रका ७, एमालेका २१, कांग्रेसका १९ र नेपाल समाजवादी पार्टीका एक सांसद छन् ।

प्रस्ताव पारित गराउन १०३ सांसदको दुईतिहाई ६९ सांसद चाहिन्छ । सत्तारूढ जसपा र माओवादी केन्द्रका सांसद जोड्दा ६२ पुग्छ । मधेस प्रदेश पारित गर्न अझै ७ सांसद आवश्यक पर्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *