भारतमा अक्सिजन ट्यांक लिक हुँदा ११ जनाको ज्यान गयो
टुडेपाटी-
मुम्बई, वैशाख ८ गते ।
भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।
जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो । एजेन्सी
Sponsored