TodayPati

लुम्बिनी सरकारमा मन्त्री बनेका आफ्ना चार सांसदलाई जसपाले गर्‍यो निलम्बन

टुडेपाटी-
जनकपुरधाम, वैशाख ६ गते ।

जनता समाज पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका  चार जना आफ्ना सांसदलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ।

सोमबार जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो।

Sponsored

जसपा लुम्बिनी प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई फिर्ता अाउन चेतावनी सहित निलम्बन गरेको हो ।

सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको केहि घण्टाभित्रै उनीहरु पोखरेलकै नेतृत्वमा मन्त्री बनेपछि पार्टीले कारबाही गर्ने चेतावनी दिएको

जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।

Sponsored

‘पार्टी निर्णयविपरित शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भई समथ ग्रहण गरेको हुँदा निजहरुलाई यथाशिघ्र सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सो प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अघि भनिएको छ‘ यथाशीघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई संसद पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तीमा जानकारी गराइन्छ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *