प्रदेश २ मा सोमबार ७१ जना कोरोना संक्रमित फेला
टुडेपाटी–
जनकपुरधाम, वैशाख ६ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा सोमबार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा सबभन्दा बढी पर्साका ४८ जना रहेका छन् ।
यस्तै बारा जिल्लाका १२ जना, रौतहटमा ७ जन, धनुषामा २ जना, सिरहा र सर्लाहीमा १-१ जना सक्रमित फेला परेको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जसमा पुरुष ५७ जना र महिला १४ जना छन् । हाल प्रदेश २ मा सक्रिय संक्रमित ४ सय ६१ जना रहेको निर्देशनालयले जनाएको छ ।
Sponsored