TodayPati

एमाले विवाद : माधव पक्षका २० नेतालाई थप कारबाही गर्ने निर्णय

टुडेपाटी-
काठमाडौं, वैशाख ६ गते ।

नेकपा एमालेको ओली पक्षले माधवकुमार नेपालसहित २० जना नेतालाई थप कारबाही गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई अन्तिमपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Sponsored

सो बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको छ ।

यसअघि कारबाहीमा परेका चार नेतालाई १० गतेभित्र स्पष्टीकरण दिने अन्तिम मौका दिने निर्णय पनि बैठकले गरेको छ ।

उनीहरूलाई आगामी बैठकमा कारबाही गर्ने तयारी छ । आगामी बैठक १० वैशाखमा बस्ने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *