TodayPati

वीरगञ्जमा कक्षा ५ सम्मको पठनपाठन बन्द, आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने

टुडेपाटी-
वीरगञ्ज, वैशाख ६ गते ।

कोरोना संक्रमणदर तीव्र बनेपछि वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कक्षा ५ सम्मको पठनपाठन बन्द गरेको छ । सोमबारदेखि महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका विद्यालय बन्द गरेको हो ।

कक्षा १ देखि ५ सम्मको पठनपाठन आजदेखि बन्द गरिने जानकारी महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ । महाशाखाका शिक्षा अधिकृत हरि राउतका अनुसार कक्षा १ देखि ५ सम्म पठनपाठन बन्द गरिएको हो ।

Sponsored

‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा १/५ सम्मको सम्पूर्ण पठनपाठन अर्को सूचना नहुन्जेलसम्म बन्द गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन सम्बन्धित सम्पूर्ण विद्यालयलाई अनुरोध छ,’ शैक्षिक प्रशासन महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमण तीव्र बनेपछि वीरगञ्ज महानगरपालिकाले माथिल्ला कक्षाको जेठमा सञ्चालन गरिने परीक्षा पनि वैशाखमै गर्नेगरी तालिका सार्वजनिक गरेको छ । कक्षा ८ को नगर स्तरीय परीक्षा आगामी जेठ ४ गतेबाट गर्ने भनिएको थियो । कोरोना संक्रममण तीव्र बनेपछि वैशाख १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको छ ।

कक्षा ६, ७ र ९ को अन्तिम परीक्षा पनि वैशाख १२ गतेबाटै सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीबीच सामाजिक दूरी कायम गर्न, साबुन–पानीले हात धुने, सेनिटाइजर दल्ने र मास्क लगाउने व्यवस्था अनिवार्य गर्न पनि शिक्षा महाशाखाले अनुरोध गरेको छ ।

Sponsored

पछिल्लो ४ दिनमा बारा र पर्सामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सयौँमा संक्रमण पुष्टि भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *