TodayPati

भोलिदेखि हुने SEE परीक्षा स्थगित

टुडेपाटी

काठमाडौ, चैत ५ गते ।

सरकारले कोरोना भाइरसको प्रकोप रोकथाम तथा तथा नियन्त्रणका लागि भन्दै भोलि (बिहीबार) देखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) रोकेको छ।

Sponsored

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री तथा  ईश्वर पाेखरेलले एसईई लगायतका सबै परीक्षा हालका लागि स्थगित गरिएको बताए ।

‘एसईई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘पठनपाठन लगायतका सबै शैक्षिक गतिविधिहरु रोकिएको छ ।’

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार साँझ सूचना जारी गर्दै एसईई लगायत हाल सञ्चालनमा रहेको सबै परीक्षा स्थगित भएको जनाएको छ । यस्तै राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना जारी गर्दै SEE परीक्षा स्थगित भएको जानकारी गराएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “भोलिदेखि हुने SEE परीक्षा स्थगित

  • March 18, 2020 at 1:39 pm
    Permalink

    यस्तो गलत news कस्ले फैलाउदै छ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *